Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

माण्डु हाइड्रोपावर लिमिटेडको खुद नाफामा ५१.८४% को गिरावट , प्रतिसेयर आम्दानी कति ?

माण्डु हाइड्रोपावर लिमिटेडको खुद नाफामा ५१.८४% को गिरावट , प्रतिसेयर आम्दानी कति ?

अर्थ प्लस
माण्डु हाइड्रोपावर लिमिटेडको खुद नाफामा ५१.८४% को गिरावट , प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.८४ प्रतिशतले कम हो।  

गत आवको पहिलो त्रैमासमा कम्पनीले १० करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो। विद्युत् बिक्री आम्दानीमा आएको गिरावटका कारण नाफा खुम्चिएको हो।  

असोज मसान्तसम्म कम्पनीले विद्युत् बिक्रीबाट १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको तुलनामा १८.७२ प्रतिशतले कम हो। अघिल्लो वर्ष सोही अवधिमा २० करोड ४७ लाख रुपैयाँ आम्दानी भएको थियो।  

१ अर्ब ३६ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिजर्भ तथा रिटेन्ड अर्निङमा ४१ करोड ६८ लाख रुपैयाँ सञ्चित छ।  

कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ३०.६१ रुपैयाँबाट घटेर १४.७४ रुपैयाँ कायम भएको छ। प्रतिसेयर नेटवर्थ १४३.०८ रुपैयाँ र पीई रेसियो ५३.२५ गुणा रहेको छ।

सम्बन्धित समाचार