Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

हिमस्टार उर्जाको विद्युत बिक्री आम्दानी घट्यो, नाफा भने बढ्यो

हिमस्टार उर्जाको विद्युत बिक्री आम्दानी घट्यो, नाफा भने बढ्यो

अर्थ प्लस
हिमस्टार उर्जाको विद्युत बिक्री आम्दानी घट्यो, नाफा भने बढ्यो

काठमाडौं । हालै आईपीओ जारी गरेको हिमस्टार उर्जा कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। यसअनुसार कम्पनीले यो अवधिमा ५ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १८,७३३.७४ प्रतिशतले बढी हो। गत आवमा कम्पनीले मात्र २,९३४ रुपैयाँ नाफा आर्जन गरेको थियो।  

कम्पनीले विद्युत् बिक्रीबाट ३ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४०.५९ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा ६ करोड ६ लाख रुपैयाँको विद्युत् बिक्री भएको थियो।  

समीक्षा अवधिमा कम्पनीले अन्य स्रोतबाट ५ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको छ। ३७ करोड ३० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ५६ लाख र कुल चालु दायित्व १३ करोड ७५ लाख रुपैयाँ छ।  

कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ०.५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९८.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य ३४३.४९ रुपैयाँ र तरलता अनुपात ०.७० प्रतिशत कायम भएको छ।

सम्बन्धित समाचार