काठमाडौं । माई खोला हाइड्रोपावरको आम्दानीमा कमी आएपछि नाफामा पनि गिरावट देखिएको छ। कम्पनीको खुद नाफा २५.५८ प्रतिशतले घटेको हो।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५४ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिमा भने ७३ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो।
विद्युत् बिक्रीबाट यस त्रैमासमा १ करोड ९७ लाख रुपैयाँ आम्दानी भएको छ, जुन गत आवको तुलनामा कम हो। अघिल्लो वर्ष सोही अवधिमा २ करोड ३२ लाख रुपैयाँको विद्युत् बिक्री भएको थियो।
यो अवधिमा कम्पनीको वित्तीय खर्च ६१ लाख ६ हजार, प्रशासनिक खर्च ११ लाख १८ हजार र ह्रासकट्टी ४९ लाख ४३ हजार रुपैयाँ रहेको छ।
कम्पनीको रिटेन्ड अर्निङ ९२ लाख ५७ हजार रुपैयाँ छ। प्रतिसेयर आम्दानी (ईपीएस) ५.५९ रुपैयाँ, नेटवर्थ १०२.३६ रुपैयाँ, पीई रेसियो १२०.५१ गुणा र प्रतिसेयर कुल सम्पत्ति मूल्य १७७.८५ रुपैयाँ कायम भएको छ।
