Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

स्वस्तिक लघुवित्तको खुद ब्याज आम्दानी २५१.६० प्रतिशतले वृद्धि, खुद नाफा ३९ लाख

स्वस्तिक लघुवित्तको खुद ब्याज आम्दानी २५१.६० प्रतिशतले वृद्धि, खुद नाफा ३९ लाख

अर्थ प्लस
स्वस्तिक लघुवित्तको खुद ब्याज आम्दानी २५१.६० प्रतिशतले वृद्धि, खुद नाफा ३९ लाख

काठमाडौं । नेप्सेमा हालै सूचीकृत भएको स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा झण्डै ४० लाख रुपैयाँ नाफा कमाएको छ। संस्थाले ३९ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।  

गत आवको सोही अवधिमा भने संस्था ७ लाख ८७ हजार रुपैयाँ घाटामा थियो।  

खुद ब्याज आम्दानीमा उल्लेखनीय वृद्धि भएकाले नाफा बढ्न पुगेको हो। अघिल्लो वर्ष ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको संस्थाले यसपटक २ करोड ४ लाख रुपैयाँ कमाएको छ, जुन २५१.६० प्रतिशतले बढी हो।  

५ करोड ७७ लाख रुपैयाँ चुक्तापूँजी रहेको संस्थाको रिजर्भमा १ करोड ८ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ करोड ८० लाख रुपैयाँ सञ्चित छ।  

खराब कर्जा अनुपात (एनपीएल) ११.७६ प्रतिशतबाट बढेर १२.७६ प्रतिशत पुगेको छ। संस्थाको कस्ट अफ फण्ड ७.१० प्रतिशत, पूँजीकोष अनुपात १२९.५० प्रतिशत, सीडी रेसियो ९१.६१ प्रतिशत, स्प्रेड दर ७.६० प्रतिशत र बेस रेट १३.४६ प्रतिशत कायम भएको छ।  

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २७.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५०.०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३.६९ गुणा र तरलता अनुपात ५३.७५ प्रतिशत रहेको छ।  

यो अवधिसम्म वितरणयोग्य मुनाफा १ करोड ८० लाख रुपैयाँ छ, जसअनुसार लाभांश क्षमता ३१.३१ प्रतिशत रहेको छ।

सम्बन्धित समाचार