काठमाडौं । इमर्जिङ नेपाल लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ लाख ९४ हजार रुपैयाँ घाटामा गएको छ। अघिल्लो आवको सोही अवधिमा भने कम्पनी ६ लाख ६७ हजार रुपैयाँ नाफामा थियो।
लगानी रहेका कम्पनीहरूबाट प्रस्तावित लाभांश यस त्रैमासमा प्राप्त नभएकाले घाटा भएको कम्पनीले जनाएको छ।
यो अवधिमा विद्युत् बिक्रीबाट कुनै आम्दानी भएको छैन। कम्पनीको लगानीमा रहेका दुई जलविद्युत् आयोजनामध्ये एक सञ्चालनमा छ भने अर्को निर्माणाधीन छ।
अन्य स्रोतबाट ५ लाख १३ हजार रुपैयाँ आम्दानी भएको छ। कम्पनीको रिजर्भ कोषमा ४ करोड ७३ लाख रुपैयाँ सञ्चित रहेको छ।
समीक्षा अवधिसम्म प्रतिसेयर आम्दानी (ईपीएस) १.३६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०८.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६५७.९ गुणा ऋणात्मक कायम भएको छ।
