Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

निर्धन उत्थान लघुवित्तको नाफा १२.६१ करोड, लाभांश क्षमता २९.४७% पुग्यो

निर्धन उत्थान लघुवित्तको नाफा १२.६१ करोड, लाभांश क्षमता २९.४७% पुग्यो

अर्थ प्लस
निर्धन उत्थान लघुवित्तको नाफा १२.६१ करोड, लाभांश क्षमता २९.४७% पुग्यो

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश क्षमता २९.४७ प्रतिशत पुगेको छ। अघिल्लो आवको पहिलो त्रैमासमा ५.९८ प्रतिशत ऋणात्मक रहेको यो क्षमता अब धनात्मक भएको हो।  

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाको वितरणयोग्य मुनाफा ७६ करोड ९६ लाख रुपैयाँ छ। गत आवको सोही अवधिमा भने यो १५ करोड ६१ लाख रुपैयाँले ऋणात्मक थियो। यस त्रैमासमा संस्थाले १२ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष १ करोड ९५ लाख रुपैयाँ घाटामा थियो।  

तर, खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो वर्ष ५६ करोड २२ लाख रुपैयाँ रहेको यो आम्दानी यसपटक ४३ करोड ३९ लाख रुपैयाँमा झरेको छ। यता, खुद शुल्क तथा कमिशन आम्दानी ७ करोड ६८ लाखबाट बढेर ८ करोड १९ लाख रुपैयाँ पुगेको छ।  

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ६ करोड ४७ लाख रुपैयाँ छुट्याएको छ। गत आवमा यो रकम ४० करोड ७४ लाख रुपैयाँ थियो।

पहिलो त्रैमाससम्म रिटेन्ड अर्निङमा ७६ करोड ९६ लाख र रिजर्भमा २ अर्ब ४० करोड रुपैयाँ सञ्चित छ। खराब कर्जा अनुपात १०.४६ प्रतिशत कायम छ।  

समीक्षा अवधिसम्म प्रतिसेयर आम्दानी (ईपीएस) १९.३२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२१.५२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १०७९.७९ रुपैयाँ र तरलता अनुपात ७.९० प्रतिशत रहेको छ।

सम्बन्धित समाचार