काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले आफूसँग जाेडिएर आएका समाचार भ्रामक भएकाे जनाएको छ ।
नासा सेक्युरिटिज कम्पनी लिमिटेडले शुक्रबार एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्ताे दाबी गरेकाे हाे ।
"यस नासा सेक्युरिटिज कम्पनी लिमिटेड र यस संस्थामार्फत कारोबार गर्ने विभिन्न ग्राहकहरुको नाम जोडेर केही अनलाईन संचार माध्यम र सामाजिक संजाल प्रयोगकर्ताहरुले उल्लेख गरेको जस्तो कुनै पनि कार्य हाम्रो कम्पनीमा नभएको जानकारी गराउदछौँ,"विज्ञप्तिमा भनिएकाे छ, "हाम्रो कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल धितोपत्र बोर्डले हालसालै छापा मारेको र बयानका लागि बोलाएको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ । यस्ता समाचार र सामाजिक संजालका पोष्टहरुको भ्रममा नपर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।"
विज्ञप्तिमा नियमनकारी निकायहरुको नीति र निर्देशनमा रहेर आफ्ना ग्राहकहरुलाई अत्याधुनिक र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको जनाइएको छ ।
