Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

छ्याङदी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी संगै बढ्यो खुद नाफा

छ्याङदी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी संगै बढ्यो खुद नाफा

अर्थ प्लस
छ्याङदी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी  संगै बढ्यो खुद नाफा

काठमाण्डौ । चालु आवको पहिलो त्रैमासमा छ्‌याङदी हाइड्रोपावरको वित्तीय अवस्थामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्ृकत वित्तीय विवरणअनुसार कम्पनीले १ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा भने कम्पनी ८७ हजार ९५७ रुपैयाँ घाटामा थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा २९.३८ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ५७ करोड ७० लाख आर्जन गरेको छ ।  

कम्पनीको प्रशासनिक खर्च २५ लाख ६८ हजार रुपैयाँबाट बढेर ६६ लाख ६४ रुपैयाँ पुगेको छ । यस्तै ह्रासकट्टी खर्च १ करोड २० लाखबाट बढेर १ करोड २६ लाख पुगेको छ । अघिल्लो आवमा २ करोड २७ लाख रहेको वित्त खर्च भने घटेर १ करोड ६ लाखमा सीमित बनेको छ ।  

समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ७७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । ९ करोड ७९ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ६ करोड १७ लाख रहेको छ ।  

 

कम्पनीको प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ८५.१६ रुपैयाँ र तरलता अनुपात १.५९ प्रतिशत कायम भएको छ । 

 
 
 

सम्बन्धित समाचार