Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

खानीखोला हाईड्रो १.८९ करोड घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?

खानीखोला हाईड्रो १.८९ करोड घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?

अर्थ प्लस
खानीखोला हाईड्रो १.८९ करोड घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । विद्युत बिक्री आम्दानीमा गिरावट आउदा खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको १० करोड ९४ हजार रुपैयाँको तुलनामा ६७.४९ प्रतिशतले कम हो । कम्पनीले लिएको ऋणका लागि बैंकलाई १ करोड ९३ लाख ब्याज रकम तिरेको छ ।      

कम्पनीको रिटेन्ड अर्निङ १६ करोड ४८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.१४ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८१.३९ रुपैयाँ,मूल्य आम्दानी अनुपात १०३.४६ गुणा ऋणात्मक र तरलता अनुपात ६.८० प्रतिशत कायम भएको छ । 

सम्बन्धित समाचार