Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

बुटवल पावरको खुद नाफा २८.३५% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

बुटवल पावरको खुद नाफा २८.३५% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ प्लस
बुटवल पावरको खुद नाफा २८.३५% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको विद्युत् बिक्री आम्दानी र खुद नाफा दुवैमा उल्लेखनीय वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.३५ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ६ करोड ६० लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट २४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.३९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष सोही अवधिमा विद्युत् बिक्री आम्दानी २० करोड ९० लाख रुपैयाँ थियो । यद्यपि, कम्पनीको अन्य आम्दानी भने घटेको छ । गत वर्ष २ करोड १६ लाख रुपैयाँ अन्य आम्दानी भएकोमा यस त्रैमासमा ८९ लाख ४५ हजार रुपैयाँ मात्र कायम भएको छ ।

कम्पनीको साधारण खर्च ६ करोड ६८ लाख, वितरण खर्च ३ करोड ९९ लाख, प्रशासनिक तथा अन्य सञ्चालन खर्च ३ करोड ३ लाख र वित्तीय खर्च ८८ लाख ३१ हजार रुपैयाँ रहेको छ । यसैगरी, कम्पनीले २ लाख २५ हजार रुपैयाँ वित्तीय आम्दानी पनि हासिल गरेको छ ।

३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ५९ करोड रुपैयाँ र कुल चालु दायित्व ५७ करोड ७० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य (नेटवर्थ) २१०.४३ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २६५.०६ गुणा र तरलता अनुपात १.०२ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार