काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी (ईपीएस) लाई चालु आर्थिक वर्षको पहिलो त्रैमासमा धनात्मक बनाएको छ । संस्थाले नाफामा फर्किएसँगै ईपीएस १५.८४ रुपैयाँ कायम भएको हो । गत वर्षको सोही अवधिमा ईपीएस ७४.७३ रुपैयाँले ऋणात्मक थियो ।
पहिलो त्रैमाससम्म संस्थाले ५ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २६ करोड ११ लाख रुपैयाँ खुद घाटाको तुलनामा उल्लेखनीय सुधार हो ।
संस्थाको खुद ब्याज आम्दानी ६४.८२ प्रतिशतले बढेर ४० करोड ३३ लाख रुपैयाँ पुगेको छ । खुद शुल्क तथा कमिसन आम्दानी पनि २ करोड ९२ लाखबाट बढेर ३ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । संस्थाको खुद सञ्चालन आम्दानी ३५ करोड २६ लाख र सञ्चालन मुनाफा ७ करोड ६० लाख रुपैयाँ रहेको छ ।
यो अवधिमा कुल सञ्चालन खर्च उल्लेख्य रूपमा बढेको छ । यद्यपि, इम्पेयरमेन्ट चार्ज ८ करोड ८३ लाख रुपैयाँले रिभर्सल भएको छ । खराब कर्जा अनुपात १६.१४ प्रतिशतबाट घटेर १५.७० प्रतिशतमा सीमित भएको छ ।
पहिलो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ७ करोड ९१ लाख रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ५.६६ रुपैयाँ रहेको छ ।
निक्षेप संकलनमा सामान्य कमी आएको छ । अघिल्लो वर्ष ६ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले यस त्रैमासमा ६ अर्ब ४४ करोड रुपैयाँ मात्र संकलन गरेको छ । कर्जा प्रवाह पनि घटेर १९ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ, जुन गत वर्ष २० अर्ब १३ करोड रुपैयाँ थियो । रिटेन्ड अर्निङ ७ करोड ९१ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भ कोषमा १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १५.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २११.२१ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ३८.०९ गुणा, प्रतिसेयर कुल सम्पत्ति मूल्य १,५२१.५९ रुपैयाँ र तरलता अनुपात ९.३१ प्रतिशत कायम भएको छ ।
