Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

फरवार्ड माइक्रोफाइनान्सको नाफामा ३७% को उछाल, तर वितरणयोग्य मुनाफा ९८.५०% ले ओरालो

फरवार्ड माइक्रोफाइनान्सको नाफामा ३७% को उछाल, तर वितरणयोग्य मुनाफा ९८.५०% ले ओरालो

अर्थ प्लस
फरवार्ड माइक्रोफाइनान्सको नाफामा ३७% को उछाल, तर वितरणयोग्य मुनाफा ९८.५०% ले ओरालो

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा संस्थाको खुद नाफा ४ करोड १६ लाख रुपैयाँ थियो ।

संस्थाको खुद ब्याज आम्दानी १८.९२ प्रतिशतले वृद्धि भई ३३ करोड ३९ लाख रुपैयाँ पुगेको छ । तर, खुद शुल्क तथा कमिसन आम्दानी ३ करोड ८१ लाखबाट घटेर ३ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । संस्थाको कुल सञ्चालन आम्दानी २५ करोड ७७ लाख र सञ्चालन मुनाफा ८ करोड १६ लाख रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्ष २३ करोड ७५ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ यस त्रैमासमा घटेर ३५ लाख ५८ हजार रुपैयाँमा झरेको छ । यद्यपि, रिजर्भ कोषको आकार १ अर्ब ७६ करोडबाट बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

पहिलो त्रैमाससम्म संस्थाले १० अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २० अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

संस्थाको वितरणयोग्य मुनाफा भने २३ करोड ७५ लाख रुपैयाँबाट घटेर ३५ लाख ५८ हजार रुपैयाँमा खुम्चिएको छ, जसले गर्दा वितरणयोग्य मुनाफा ९८.५० प्रतिशतले ओरालो लागेको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी ४.६९ रुपैयाँले ऋणात्मक रहेको छ । खराब कर्जा अनुपात ७.३८ प्रतिशतबाट बढेर ८.२० प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १९.१२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७१.७९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १,८७४.७४ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ५६.५० गुणा र तरलता अनुपात ६.०८ प्रतिशत कायम भएको छ ।

 

सम्बन्धित समाचार