काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा १,०२३.१५ प्रतिशतले वृद्धि भएको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १० लाख ३४ हजार रुपैयाँको तुलनामा उल्लेख्य सुधार हो ।
संस्थाको खुद ब्याज आम्दानी ३७.०९ प्रतिशतले बढेर ४ करोड ९० लाख रुपैयाँ पुगेको छ । खुद सञ्चालन आम्दानी ५ करोड ३२ लाख र सञ्चालन मुनाफा १ करोड ६५ लाख रुपैयाँ कायम भएको छ ।
पहिलो त्रैमाससम्म निक्षेप संकलन ४४ करोड ५२ लाखबाट बढेर ५० करोड ६३ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २ अर्ब ३ करोडबाट बढेर २ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ । रिटेन्ड अर्निङ २५ लाख ५६ हजारबाट बढेर ५ करोड ८० लाख रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा ८ करोड ६४ लाख रुपैयाँ सञ्चित छ भने वितरणयोग्य मुनाफा २ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
खराब कर्जा अनुपात ४.९३ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३०.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९५.३२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १,७६९.०४ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ४७.४२ गुणा र तरलता अनुपात ९.४३ प्रतिशत कायम भएको छ ।
