काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले कमी हो । गत वर्ष कम्पनीको खुद नाफा ४ करोड ६० लाख रुपैयाँ थियो ।
कम्पनीले विद्युत् बिक्रीबाट ६ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ६ करोड ३३ लाख रुपैयाँको तुलनामा कम हो । अन्य आम्दानी ३ लाख २४ हजार रुपैयाँ कायम भएको छ । प्रशासनिक खर्च १८ लाख ४४ हजार रुपैयाँ र वित्तीय खर्च ११ लाख १५ हजार रुपैयाँ रहेको छ ।
रिटेन्ड अर्निङ १७ करोड १८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १४ करोड २८ लाख रुपैयाँ थियो । कुल चालु सम्पत्ति १५ करोड ५६ लाख रुपैयाँ र कुल चालु दायित्व ६५ लाख २९ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २१.११ रुपैयाँबाट घटेर १९.४० रुपैयाँ कायम भएको छ । प्रतिसेयर नेटवर्थ ११८.३३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १२३.८८ रुपैयाँ, तरलता अनुपात २३.८४ प्रतिशत र मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २७.७२ गुणा रहेको छ ।
