Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आम्दानी घटेसँगै कालिञ्चोक दर्शन ३३.८६ लाख घाटामा

आम्दानी घटेसँगै कालिञ्चोक दर्शन ३३.८६ लाख घाटामा

अर्थ प्लस
आम्दानी घटेसँगै कालिञ्चोक दर्शन ३३.८६ लाख घाटामा

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनी ३३ लाख ८६ हजार रुपैयाँ घाटामा रहेको छ, जबकि गत असार मसान्तसम्म २ करोड ७८ लाख रुपैयाँ नाफा थियो ।

कम्पनीको आम्दानीमा ९०.४६ प्रतिशतको उल्लेख्य गिरावट आएको छ । गत असारसम्म ७ करोड ६३ लाख रुपैयाँ रहेको आम्दानी यस त्रैमासमा घटेर ७२ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ ।

यो अवधिमा कम्पनीले ४ लाख ५९ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । कर्मचारी खर्च २८ लाख ९६ हजार, ह्रासकट्टी खर्च ३५ लाख ६१ हजार, अन्य सञ्चालन खर्च १ करोड ११ लाख र वित्तीय खर्च २६ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भ कोषमा २ करोड ८५ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.५६ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०४.८२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १२९.०७ रुपैयाँ र चालु अनुपात ०.९२ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार