Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सिंगटी हाईड्रोपावरको आम्दानी र नाफा सामान्य घट्यो , ईपीएस कति ?

सिंगटी हाईड्रोपावरको आम्दानी र नाफा सामान्य घट्यो , ईपीएस कति ?

अर्थ प्लस
सिंगटी हाईड्रोपावरको आम्दानी र नाफा सामान्य घट्यो , ईपीएस कति ?

काठमाडौं । सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत् बिक्री आम्दानी र खुद नाफामा सामान्य कमी देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार ११ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२९ प्रतिशतले कम हो । गत वर्ष पहिलो त्रैमासमा कम्पनीको नाफा ११ करोड २५ लाख रुपैयाँ थियो ।

विद्युत् बिक्रीबाट यस त्रैमासमा २५ करोड ८६ लाख रुपैयाँ आम्दानी भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा २६ करोड ३५ लाख रुपैयाँ थियो ।

यद्यपि, कम्पनीको कुल खर्च भने घटेको छ । गत वर्ष १४ करोड ७९ लाख रुपैयाँ रहेको खर्च यस त्रैमासमा घटेर १४ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको सञ्चित नाफा १० करोड ७८ लाख रुपैयाँ रहेको छ । सेयर प्रिमियम शीर्षकमा २५ करोड ११ लाख रुपैयाँ छुट्याइएको छ । कुल चालु सम्पत्ति २६ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको कुल चालु दायित्व ४८ करोड ६५ लाख रुपैयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १५.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.३८ रुपैयाँ, तरलता अनुपात ०.५४ गुणा, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १७.१८ गुणा र इक्विटीमा प्रतिफल (आरओई) ३.४४ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार