Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आम्दानीमा गिरावट आए सँगै न्यादी हाईड्रोपावर ७६.९७ लाख घाटामा

आम्दानीमा गिरावट आए सँगै न्यादी हाईड्रोपावर ७६.९७ लाख घाटामा

अर्थ प्लस
आम्दानीमा  गिरावट आए सँगै  न्यादी हाईड्रोपावर ७६.९७ लाख घाटामा

काठमाडौं । न्यादी हाईड्रोपावर लिमिटेडको घाटा थप बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७६ लाख ९७ हजार रुपैयाँ घाटा व्यहोरेको छ, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा घाटा ७५ लाख ७५ हजार रुपैयाँ थियो ।

विद्युत् बिक्री आम्दानीमा १९.५८ प्रतिशतको गिरावट आएको छ । यस त्रैमासमा कम्पनीले विद्युत् बिक्रीबाट १७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको २१ करोड १९ लाख रुपैयाँको तुलनामा कम हो । कम्पनीले ३ लाख २९ हजार रुपैयाँ वित्तीय आम्दानी पनि हासिल गरेको छ । परियोजना सञ्चालन खर्च ७ करोड ४५ लाख रुपैयाँ र प्रशासनिक खर्च ७९ लाख ११ हजार रुपैयाँ रहेको छ ।

यद्यपि, वित्तीय खर्च भने घटेको छ । अघिल्लो वर्ष १४ करोड २४ लाख रुपैयाँ रहेको वित्त खर्च यस त्रैमासमा घटेर ९ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । कुल चालु सम्पत्ति १५ करोड ८१ लाख रुपैयाँ र कुल चालु दायित्व २३ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.५१ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६७.४९ रुपैयाँ र मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १७६.९४ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार