Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

पछिल्लो सातामा नेप्से ५०.३९ अंकले ओरालो, कुन दिनको कारोबार कति ?

पछिल्लो सातामा नेप्से ५०.३९ अंकले ओरालो, कुन दिनको कारोबार कति ?

अर्थ प्लस
पछिल्लो सातामा नेप्से ५०.३९ अंकले ओरालो, कुन दिनको कारोबार कति ?

काठमाडौं– यस साता नेप्से परिसूचक ५०.३९ अंकले ओरालो लाग्दै २५४५.७३ विन्दुमा झरेको छ । अघिल्लो साता २५९६.१२ विन्दुमा बन्द भएको बजार यो साता सोही अंकले घटेर उक्त स्तरमा पुगेको हो ।

साता भरि पाँचै कारोबार दिन बजार सञ्चालन भयो । जसमध्ये दुई दिन नेप्से उकालो लाग्यो भने तीन दिन घट्यो ।

यो साता दैनिक औसत कारोबार रु. ४ अर्ब ६ करोड रहेको थियो । आइतबार रु. ४ अर्ब ९० करोड, सोमबार रु. ४ अर्ब ५१ करोड, मंगलबार रु. ३ अर्ब ६२ करोड, बुधबार रु. ३ अर्ब ७९ करोड र बिहीबार रु. ३ अर्ब ४९ करोडको सेयर कारोबार भएको थियो ।

आइतबार (पहिलो कारोबार दिन): नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झर्‍यो । ३२३ कम्पनीका १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा रु. ४ अर्ब ९० करोडभन्दा बढीको कारोबार भयो ।

सोमबार (दोस्रो दिन): नेप्से ५.८० अंकले ओरालो लाग्दै २५६०.२९ विन्दुमा पुग्यो । ३२७ कम्पनीका ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर कारोबार हुँदा रु. ४ अर्ब ५१ करोडभन्दा माथिको कारोबार भयो ।

मंगलबार (तेस्रो दिन): नेप्से ३.२१ अंकले उक्लेर २५६५.१६ विन्दुमा कायम भयो । ३२७ कम्पनीका ७९ लाख ४७ हजार ५८ कित्ता सेयर किनबेच हुँदा रु. ३ अर्ब ६२ करोडभन्दा बढीको कारोबार भयो ।

बुधबार (चौथो दिन): नेप्से २१.७८ अंकले खसेर २५४३.३७ विन्दुमा झर्‍यो । ३२१ कम्पनीका ८३ लाख २२ हजार ३३८ कित्ता सेयर कारोबार हुँदा रु. ३ अर्ब ७९ करोडभन्दा माथिको कारोबार भयो ।

बिहीबार (अन्तिम दिन): नेप्से १.१३ अंकले चढेर २५४५.७३ विन्दुमा बन्द भयो । ३२९ कम्पनीका ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा रु. ३ अर्ब ४९ करोडभन्दा बढीको कारोबार भएको थियो ।

सम्बन्धित समाचार