Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

शिवम सिमेन्टको नाफा र ईपीएस दुवैमा उल्लेखनीय वृद्धि

शिवम सिमेन्टको नाफा र ईपीएस दुवैमा उल्लेखनीय वृद्धि

अर्थ प्लस
शिवम सिमेन्टको नाफा र ईपीएस दुवैमा उल्लेखनीय वृद्धि

काठमाडौं– शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा रु. २० करोड ९६ लाख खुद नाफा कमाएको छ ।

कम्पनीले जारी गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा जम्मा रु. १ करोड २७ लाख नाफा भएको थियो । यसपालि नाफा १५३८.१६ प्रतिशतले वृद्धि भएको हो ।

समीक्षा अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट रु. १ अर्ब ५३ करोड ३३ लाख आम्दानी गरेको छ । गत वर्ष यो रकम रु. १ अर्ब ४० करोड ६३ लाख थियो । आम्दानीमा ९.०३ प्रतिशतको वृद्धि देखिएको छ ।

असोज मसान्तसम्म कम्पनीको व्यापार खर्च रु. १ अर्ब २० करोड ६७ लाख कायम भएको छ । अघिल्लो वर्ष यो खर्च रु. १ अर्ब ३० करोड २७ लाख थियो । यसपालि खर्च ७.३७ प्रतिशतले घटेको छ ।

कम्पनीको चुक्तापुँजी रु. ५ अर्ब ४५ करोड ६८ लाख रहेको छ । वार्षिकृत प्रतिसेयर आम्दानी (EPS) रु. १५.३७ र प्रतिसेयर कुल सम्पत्ति (Net Worth) रु. १९२.१८ कायम भएको छ ।

सम्बन्धित समाचार