काठमाण्डौ । शङ्ग्रिला विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो ।
बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर तथा ५.३५८३ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर सहित) गरी कुल १०.३५८३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले लाभांश समावेश वित्तीय विवरणलाई स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने तथा बैंकको आगामी २१औँ वार्षिक साधारण सभाबाट अनुमोदन गराउने निर्णय पनि गरेको छ ।
