Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

श्रीनगर एग्रिटेक लिमिटेडको आम्दानी वृद्धिसँगै खुद नाफामा १६२ प्रतिशतको उल्लेखनीय वृद्धि

श्रीनगर एग्रिटेक लिमिटेडको आम्दानी वृद्धिसँगै खुद नाफामा १६२ प्रतिशतको उल्लेखनीय वृद्धि

अर्थ प्लस
श्रीनगर एग्रिटेक लिमिटेडको आम्दानी वृद्धिसँगै खुद नाफामा १६२ प्रतिशतको उल्लेखनीय वृद्धि

काठमाण्डौ । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडको खुद नाफा १६२.५३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९२ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३५ लाख ३२ हजार रुपैयाँ थियो ।

कम्पनीको बिक्री आम्दानी ५९.८५ प्रतिशतले बढेर ४२ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यसैगरी, अन्य आम्दानी ४ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा कम्पनीको वित्तीय खर्च घटेर १ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष २ करोड १५ लाख रुपैयाँ थियो ।

सञ्चालन मुनाफा १२.६९ प्रतिशतले वृद्धि भई २ करोड ८२ लाख रुपैयाँ कायम भएको छ ।

१ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १६ करोड ७७ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.५४ रुपैयाँ, प्रतिसेयर खुद मूल्य (नेटवर्थ) ११२.८४ रुपैयाँ तथा लगानी प्रतिफल (आरओआई) ०.०१ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार