Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सर्वोत्तम सिमेन्टद्वारा गत आर्थिक वर्षको लागि लाभांश घोषणा

सर्वोत्तम सिमेन्टद्वारा गत आर्थिक वर्षको लागि लाभांश घोषणा

अर्थ प्लस
सर्वोत्तम सिमेन्टद्वारा गत आर्थिक वर्षको लागि लाभांश घोषणा

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २८ गते सम्पन्न सञ्चालक समितिको २३७ औँ बैठकले सेयरधनीहरूलाई वितरण गर्ने लाभांश सम्बन्धी निर्णय गरेको हो ।

बैठकले चुक्तापूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँको आधारमा ५ प्रतिशत बोनस सेयर तथा १५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।

सम्बन्धित समाचार