Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सागर डिस्टिलरी घाटामा, आम्दानी र ईपीएस कति ?

सागर डिस्टिलरी घाटामा, आम्दानी र ईपीएस कति ?

अर्थ प्लस
सागर डिस्टिलरी घाटामा, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । सागर डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १ करोड ५३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड ७५ लाख रुपैयाँ घाटामा रहेको थियो ।

बिक्री आम्दानीमा उल्लेखनीय वृद्धिसँगै कम्पनीको घाटामा कमी आएको हो । समीक्षा अवधिमा कम्पनीले बिक्रीबाट ५ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३६.८९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा बिक्री आम्दानी २ करोड ५३ लाख रुपैयाँ थियो ।

त्यसैगरी, कम्पनीले समीक्षा अवधिमा २७ लाख ७८ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ । कम्पनीको कर्मचारी सुविधा खर्च १ करोड ४९ लाख, प्रशासनिक तथा अन्य सञ्चालन खर्च २६ लाख ७६ हजार र बिक्री तथा वितरण खर्च १ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ऋणात्मक ८.४४ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार