Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने

अर्थ प्लस
अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने

काठमाण्डौ । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले साधारण सभा बोलाएको छ ।

कम्पनीले आगामी मंसिर २० गते पहिलो वार्षिक साधारण सभा आयोजना गर्दैछ । सभा चितवनको खैरहनी नगरपालिकास्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव छलफल गरी पारित गरिनेछ ।

यसैगरी, कम्पनीको चुक्तापूँजी ४० करोड २० लाख रुपैयाँ पु-याउने, सोहीअनुरूप प्रबन्धपत्र संशोधन गर्ने तथा सञ्चालक समिति गठन गर्ने प्रस्तावहरू पनि पारित गरिनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्नुका साथै सोही अवधिको वित्तीय विवरणहरू पनि पारित गर्नेछ ।

सम्बन्धित समाचार