काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सोअनुसार असोज मसान्तसम्म कम्पनी २ करोड ३० लाख रुपैयाँ घाटामा रहेको छ ।
गत असार मसान्तसम्म भने कम्पनी ८९ लाख २८ हजार रुपैयाँ खुद नाफामा थियो ।
कम्पनीको आम्दानीमा उल्लेख्य गिरावट आएकाले घाटामा गएको हो । यस अवधिमा आम्दानी ८१.४३ प्रतिशतले घटेर ५ करोड १६ लाख रुपैयाँमा खुम्चिएको छ । यद्यपि, खर्चमा कमी आएको छ । गत असार मसान्तसम्म २६ करोड ६४ लाख रहेको खर्च घटेर ७ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ ।
पहिलो त्रैमासिकसम्म कम्पनीको संचित नोक्सानी (रिटेन्ड अर्निङ) ६ करोड १८ लाख रुपैयाँले ऋणात्मक भएको छ भने अन्य रिजर्भमा ६ करोड २४ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.३८ रुपैयाँले ऋणात्मक छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १००.०९ रुपैयाँ तथा प्रतिसेयर कुल सम्पत्ति मूल्य २४२.१५ रुपैयाँ कायम भएको छ ।
