काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले यो प्रस्ताव पारित गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट ९.५ प्रतिशत बोनस सेयर तथा ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।
