Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

रिभर फल्स पावरको आम्दानी र नाफामा सामान्य वृद्धि, ईपीएस कति ?

रिभर फल्स पावरको आम्दानी र नाफामा सामान्य वृद्धि, ईपीएस कति ?

अर्थ प्लस
रिभर फल्स पावरको आम्दानी र नाफामा सामान्य वृद्धि, ईपीएस कति ?

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४.९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यस त्रैमासमा ३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने अघिल्लो वर्षको सोही अवधिमा यो २ करोड ९९ लाख रुपैयाँ मात्र थियो ।

विद्युत् बिक्रीबाट हुने आम्दानी पनि सामान्य सुधार भएको छ । कम्पनीले यसपटक १० करोड ६ लाख रुपैयाँ बिजुली बेचेर आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.२० प्रतिशतले बढी हो ।

खर्चतर्फ प्रशासनिक खर्च ५७ लाख ८५ हजार, वित्तीय खर्च (ब्याज आदि) ४ करोड ३२ लाख र ह्रासकट्टी खर्च १ करोड ४९ लाख कायम भएको छ ।

कम्पनीको रिजर्भ कोष पनि बलियो बन्दै गएको छ । गत वर्ष ३ करोड ९ लाख रहेको रिजर्भ यो वर्ष ३ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

प्रथम त्रैमासको अन्त्यसम्ममा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (EPS) १७.९५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य (Net Worth) १०५.०१ रुपैयाँ र तरलता अनुपात ०.५३ गुणा कायम रहेको छ ।

सम्बन्धित समाचार