काठमाण्डौ । साताको दोस्रो कारोबार दिन (आइतबार) नेप्सेमा कुल ३ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
आजको कारोबारमा सर्वाधिक रकम कारोबार गर्ने टप १० ब्रोकरमध्ये ६ वटाबाट बढी खरिद (Net Buying) र ४ वटाबाट बढी बिक्री (Net Selling) भएको देखिएको छ।
उच्च खरिद गर्ने ब्रोकरहरूः
भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, नेपाल स्टक हाउस र अनलाइन सेक्युरिटिज।
उच्च बिक्री गर्ने ब्रोकरहरूः
नासा सेक्युरिटिज, दीपशिखा धितोपत्र कारोबार कम्पनी, डायनामिक मनी म्यानेजर्स र एबीसी सेक्युरिटिज।
आज सबैभन्दा बढी कारोबार गर्ने ब्रोकर नासा सेक्युरिटिज पहिलो स्थानमा रहेको छ। यस ब्रोकरमार्फत एकै दिन ५५ करोड २ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ, जसमध्ये ४८.२७ प्रतिशत खरिद र ५१.७३ प्रतिशत बिक्री रहेको छ।
