Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

१५.७० अंकले बढ्याे नेप्से, कारोबार रकम ४ अर्ब १० करोड

१५.७० अंकले बढ्याे नेप्से, कारोबार रकम ४ अर्ब १० करोड

अर्थ प्लस
१५.७० अंकले बढ्याे नेप्से, कारोबार रकम ४ अर्ब १० करोड

काठमाडौं । साताको तेस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १५.७० अंकले बढेर २,५६६ को विन्दुमा कायम भएको छ ।

आज २९७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोडको शेयर कारोबार भएको छ । 

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

आज सबैभन्दा धेरै साहस ऊर्जा कम्पनीको २२ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने  माउन्टेन इनर्जीको १३ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

2.JPG

सम्बन्धित समाचार