Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

तीन महिनामा सेयर धितो कर्जा ३६.७% ले वृद्धि

तीन महिनामा सेयर धितो कर्जा ३६.७% ले वृद्धि

अर्थ प्लस
तीन महिनामा सेयर धितो कर्जा ३६.७% ले वृद्धि

काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज) मा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) करिब ३७ प्रतिशतले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, असोज मसान्तसम्म कुल सेयर धितो कर्जा पुगेर १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो आँकडा १ खर्ब ५ अर्ब ८२ करोड ४८ लाख रुपैयाँ मात्र थियो। यसरी वर्षेनि आधारमा सेयर धितो कर्जामा ३६.७ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको हो।

विशेषगरी ठूला आकारका कर्जाको माग निकै बढेको छ।  

– १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा गत वर्ष ६९ अर्ब ९७ करोड १ लाख रुपैयाँ रहेकोमा यो वर्ष १ खर्ब ९८ करोड ५८ लाख रुपैयाँ पुगेको छ, अर्थात् ४४.३२ प्रतिशतले बढेको छ।

अन्य रेन्जका कर्जाको अवस्था यस प्रकार छः  

– ५० लाखदेखि १ करोड रुपैयाँसम्म : १७ अर्ब ७० करोड ९८ लाख रुपैयाँ (गत वर्ष १३ अर्ब ५९ करोड ३२ लाख, वृद्धि ३०.२८ %)  
– २५ लाखदेखि ५० लाख रुपैयाँसम्म : १७ अर्ब ८२ करोड ३७ लाख रुपैयाँ (गत वर्ष १४ अर्ब ८७ करोड, वृद्धि १९.८६ %)  
– २५ लाख रुपैयाँसम्म : ८ अर्ब ४३ करोड ८ लाख रुपैयाँ (गत वर्ष ८ अर्ब १७ करोड ८४ लाख, वृद्धि १४.०६ %)

समग्रमा सेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको र ठूला लगानीकर्ताहरूले बढी कर्जा लिएर बजारमा प्रवेश गरेको देखिन्छ।

सम्बन्धित समाचार