Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

लघुवित्तको नाफामा सुधार- ३५ संस्थाको एनपीएल ५% माथि कायम, लाभांश क्षमतामा कुन संस्था अग्रस्थानमा ?

लघुवित्तको नाफामा सुधार- ३५ संस्थाको एनपीएल ५% माथि कायम, लाभांश क्षमतामा कुन संस्था अग्रस्थानमा ?

अर्थ प्लस
लघुवित्तको नाफामा सुधार- ३५ संस्थाको एनपीएल ५% माथि कायम, लाभांश क्षमतामा कुन संस्था अग्रस्थानमा ?

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म लघुवित्त वित्तीय संस्थाहरूको नाफामा उल्लेखनीय सुधार देखिएको छ।

यस अवधिमा लघुवित्तहरूले कुल १ अर्ब ६१ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.९९ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा यी संस्थाहरूको कुल नाफा १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ मात्र थियो।

५० वटा लघुवित्तमध्ये यस त्रैमासमा जम्मा ५ वटा मात्र घाटामा रहेका छन् भने बाँकी सबै नाफामा उक्लिएका छन्। गत वर्ष असोज मसान्तसम्म भने १८ वटा संस्था घाटामा थिए।

नेपाल राष्ट्र बैंकको कर्जा पुनर्संरचना तथा एनआरएफएस सुविधाले निष्क्रिय कर्जा (एनपीएल) घट्दा खुद ब्याज आम्दानी बढ्न गई नाफामा यो सुधार आएको हो।

नाफामा अग्रणी र घाटामा रहेका संस्था : 

- सबैभन्दा बढी नाफा : छिमेक लघुवित्त – २६ करोड ९० लाख (१३.२७ % वृद्धि)  
- सबैभन्दा ठूलो घाटा : एनआईसी एशिया लघुवित्त – ४४ करोड ८६ लाख  

अन्य घाटामा रहेका :  

- मातृभूमि – १ करोड ९७ लाख  
- सृजनशील – १ करोड ९३ लाख  
- सिवाइसी नेपाल – १ करोड ४५ लाख  
- मेरो माइक्रोफाइनान्स – १ करोड २१ लाख  

खराब कर्जा (एनपीएल) अवस्था :

- ३५ संस्थाको एनपीएल ५% भन्दा माथि  
- १५ संस्थाको मात्र ५% भन्दा तल  
- सबैभन्दा उच्च : नेष्डो समृद्ध लघुवित्त – २०.९४%  
- सबैभन्दा कम : सर्पोट माइक्रोफाइनान्स – १.६३%  

प्रतिसेयर आम्दानी (EPS) मा शीर्ष :  

- मिथिला लघुवित्त – ६०.०३ रुपैयाँ  
- सर्पोट माइक्रोफाइनान्स – ५२.९२ रुपैयाँ  
- युनिक नेपाल लघुवित्त – ५०.०७ रुपैयाँ  

लाभांश क्षमता (वितरणयोग्य नाफा प्रतिशत) :

- छिमेक लघुवित्त – ७१.१२% (सबैभन्दा अगाडि)  
- जीवन विकास लघुवित्त – ६७.७९%  
- नेष्डो समृद्ध – ६६.६६%  

राष्ट्र बैंकको नियमानुसार एनपीएल र पूँजीकोष अनुपात राम्रो रहेमा यी संस्थाहरूले बढीमा २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन्।

समग्रमा लघुवित्त क्षेत्र सुधारको बाटोमा रहेको र अधिकांश संस्थाको वित्तीय स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।

सम्बन्धित समाचार