Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेप्सेमा ४.९८ अंकको गिरावट, आठ कम्पनीको सेयर मूल्यमा ‘सर्किट’

नेप्सेमा ४.९८ अंकको गिरावट, आठ कम्पनीको सेयर मूल्यमा ‘सर्किट’

अर्थ प्लस
नेप्सेमा ४.९८ अंकको गिरावट, आठ कम्पनीको सेयर मूल्यमा ‘सर्किट’

काठमाडौं । सेयर बजार बुधबार (मंसिर ३) ४.९८ अंकले घटेको छ । यससँगै बजार मापक विन्दु २५६१.०८ मा कायम छ ।

यसदिन ७७ कम्पनीको सेयर मूल्य बढेको छ । १७० कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनी स्थिर रहे । तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँबराबरकाे सेयर खरिद बिक्री भएको हो ।

बजार घटे पनि आठ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । माबिलुङ इनर्जी, दरमखोला हाइड्रो, सागर डिस्ट्रिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केवलकार, झापा इनर्जीको सेयर १० प्रतिशत बढेका छन् ।

समूहगततर्फ होटेल एन्ड टुरिजम, म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ, म्युचअल फन्ड तथा व्यापार समूहको सेयर मूल्य बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।

सम्बन्धित समाचार