काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले सातौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको कात्तिक २८ गते बसेको बैठकले आगामी मंसिर २६ गते सभा गर्ने निर्णय गरेको हो।
सभा भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभामा मुख्य रूपमा निम्न प्रस्तावहरू पेश गरिने छन् :
- गत आर्थिक वर्षका लागि ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण अनुमोदन
- बोनस सेयर वितरणपछि बढ्ने चुक्तापूँजीअनुसार प्रवन्धपत्र संशोधन
- सञ्चालकहरूको मासिक पारिश्रमिक, बैठक भत्ता तथा विभिन्न उपसमितिको बैठक भत्ता स्वीकृत
- अध्यक्षबाट पेश हुने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित
- लेखापरीक्षकको प्रतिवेदनसहितका वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरू अनुमोदन
- चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसैले मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई सेयरधनी कायम हुने लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउने र सभामा भाग लिन पाउनेछन्।
