काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडले पाँचौं वार्षिक साधारण सभाको मिति तोकेको छ। कम्पनी सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले आगामी मंसिर २५ गते बिहान ११ बजेदेखि काठमाण्डौको शंखपार्कस्थित स्मार्ट दरबारमा सभा गर्ने निर्णय गरेको हो।
सभामा पेश हुने मुख्य प्रस्तावहरू निम्न छन् :
- हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन प्रक्रियालाई निरन्तरता दिने
- अन्य कम्पनीमा लगानी गर्ने
- नियामक निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि कुनै निर्देशन प्राप्त भएमा सोअनुसार गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने
- गत आर्थिक वर्षको अध्यक्षको वार्षिक प्रतिवेदन पारित गर्ने
- लेखापरीक्षो प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू अनुमोदन गर्ने
- चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
- सञ्चालक समितिका निर्णय तथा कामकारबाहीहरूलाई अनुमोदन गर्ने
- संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने
- आयोजना पुनर्निर्माणका लागि थप ऋण लिने प्रस्ताव पारित गर्ने
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसैले मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावहरूमा मतदान गर्न योग्य हुनेछन्।
