काठमाण्डौ । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले यही मंसिर २६ गते बिहान ११ बजेदेखि काठमाण्डौको शंखमूलमा अवस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा सभा गर्ने निर्णय गरेको हो ।
सभामा निम्न मुख्य एजेन्डाहरू रहनेछन् :
- हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन प्रक्रियालाई निरन्तरता दिने,
- अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने,
- प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि नियामक निकायको निर्देशन भए सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने,
- लगानीसम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।
यसबाहेक गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरू पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, संस्थागत सुशासन प्रतिवेदन पारित गर्ने तथा सञ्चालक समितिका निर्णयहरू अनुमोदन गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसैले मंसिर १३ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र हकप्रद सेयर प्राप्त गर्न योग्य हुनेछन् ।
