Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

एनआरएन इन्फ्रास्ट्रक्चरले ९ वटा कम्पनीको सेयर बिक्री गर्ने

एनआरएन इन्फ्रास्ट्रक्चरले ९ वटा कम्पनीको सेयर बिक्री गर्ने

अर्थ प्लस
एनआरएन इन्फ्रास्ट्रक्चरले ९ वटा कम्पनीको सेयर बिक्री गर्ने

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न ९ कम्पनीमा रहेको कुल १६ लाख ७७ हजार १६ कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको मंसिर ३ गते सम्पन्न १५४औं बैठकले उक्त सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

बिक्रीमा राखिएका सेयरहरू निम्नानुसार छन् :

- कुमारी बैंक लिमिटेड : ५,३०,००० कित्ता संस्थापक सेयर  
- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स (तत्कालीन महालक्ष्मी लाइफ) : ५,९४,००० कित्ता संस्थापक सेयर  
- नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड : २,२५,००० कित्ता संस्थापक सेयर  
- नेशनल माइक्रोफाइनान्स लघुवित्त : १,०७,४८४ कित्ता संस्थापक सेयर  
- मेरो माइक्रोफाइनान्स लघुवित्त : ७८,२०९ कित्ता संस्थापक + २८,२१५ कित्ता साधारण सेयर  
- नेरुडे मिर्मिरे लघुवित्त : ७४,१०६ कित्ता संस्थापक सेयर  
- हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (HIDCL) : ४०,००१ कित्ता संस्थापक सेयर  
- नेशनल लाइफ इन्स्योरेन्स : १ कित्ता साधारण सेयर  

कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डबाट असोज ९ गते प्राप्त पत्रानुसार यी सेयरहरू बिक्री प्रक्रिया अघि बढाइएको हो ।

सम्बन्धित समाचार