काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश वितरण र वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ।
कम्पनीले यही मंसिर ११ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले आगामी पुस ४ गते बिहान ९ बजेदेखि काठमाण्डौको आम्रपाली ब्याङक्वेटमा २२औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। उक्त सभामा गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ४०% बोनस शेयर र कर प्रयोजनका लागि २.१०५% नगद लाभांश गरी कुल ४२.१०५% लाभांश वितरणको प्रस्ताव पारित गरिने छ।
यसैगरी, मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले सभामा कम्पनीको सञ्चालक संख्या घटाउने प्रयोजनका लागि नियमावलीको नियम ३१(१) मा संशोधन गर्ने थप प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।
