Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

फर्जी भुक्तानी गरेर कर्णालीको हकप्रद सेयर लिने ३५ सेयरधनीको सेयर खारेज

फर्जी भुक्तानी गरेर कर्णालीको हकप्रद सेयर लिने ३५ सेयरधनीको सेयर खारेज

अर्थ प्लस
फर्जी भुक्तानी गरेर कर्णालीको हकप्रद सेयर लिने ३५ सेयरधनीको सेयर खारेज

काठमाडौं। राष्ट्र बैंकले २०८१ मंसिर १० मा  समस्याग्रस्त संस्था घोषणा गरेर व्यवस्थापन तथा सञ्चालन आफ्नो हातमा लिएको कर्णाली डेभलपमेन्ट बैंकले अवैध रूपमा देखाएको चुक्ता पुँजी घटाउने प्रक्रिया अघि बढेको छ। 

बैंकका ३५ सेयरधनीले हकप्रद सेयर खरिद क्रममा निक्षेपकर्ताको रकम दुरुपयोग गरेको पुष्टिपछि अवैध चुक्ता पुँजी घटाउन लागिएको सूचना प्रकाशित भएको हो।

हकप्रद सेयर खरिद गर्दा निक्षेपकर्ताको रकम प्रयोग गरिएकाले चुक्ता रकम भुक्तानी गरेको अवस्था देखिएपछि ती सेयरधनीको सेयर लगत खारेज गर्दै बैंकको चुक्ता पुँजीमै समायोजन गर्न लागिएको सूचनामा उल्लेख छ।

सेयर खारेज प्रक्रियासँगै सेयरधनी स्वामित्व संरचना पनि प्रभावित हुनेछ। संस्थापक समूहका सेयरधनीका नाममा रहेको २१ लाख ३६ हजार कित्ता सेयर घटेर २१ हजार ३६० कित्तामा सीमित हुनेछ भने १२ हजार ८८४ कित्ता सेयर भएका सेयरधनीको सेयर संख्या १२६ कित्ता मात्रै रहनेछ।

राष्ट्र बैंकले २०८१ मंसिरमा व्यवस्थापन नियन्त्रणमा लिएपछि गरिएको सम्पत्ति तथा दायित्व मूल्यांकनले कर्णालीको चुक्ता पुँजी क्षय भइसकेको र दायित्व सम्पत्तिले नभ्याउने अवस्था देखाएको थियो।

सोहीअनुसार राष्ट्र बैंक ऐन, २०५८ अनुसार ती सेयरधनीको सेयर पुँजी घटाएर १ प्रतिशत मात्र कायम गरिने उल्लेख गर्दै २०८२ कात्तिक १ मा सार्वजनिक सूचना प्रकाशित गरिएको छ।

image-62-1763623670.png

सम्बन्धित समाचार