Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

लाभांश पारित गर्न कृषि विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज मिति पनि तय

लाभांश पारित गर्न कृषि विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज मिति पनि तय

अर्थ प्लस
लाभांश पारित गर्न कृषि विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज मिति पनि तय

काठमाडौं – कृषि विकास बैंक लिमिटेड (एडीबीएल) ले आफ्नो १९औं वार्षिक साधारण सभा यही मंसिर २९ गते (डिसेम्बर १४, २०२५) आयोजना गर्ने भएको छ। सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

बैंकको मंसिर ४ गते (नोभेम्बर २०, २०२५) बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा बोलाउने निर्णय गरेको हो।

सभामा निम्न प्रमुख प्रस्तावहरू पेस गरी पारित गरिने छन्:
- आर्थिक वर्ष २०८१/८२ को लागि साधारण सेयरधनीहरूलाई प्रस्तावित कुल १२.५० प्रतिशत लाभांश (३.२५% बोनस सेयर र ९.२५% नगद लाभांश) अनुमोदन।
- अविमोच्य अग्राधिकार सेयरधनीहरूलाई चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश वितरण।
- गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित।
- चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण।

लाभांश वितरण र साधारण सभामा सहभागी हुने प्रयोजनका लागि बैंकले मंसिर १४ गते (नोभेम्बर ३०, २०२५) एक दिन बुक क्लोज गर्ने भएको छ। तसर्थ, मंसिर १३ गते (नोभेम्बर २९, २०२५) सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले सम्पूर्ण सेयरधनीहरूलाई तोकिएको मितिमा उपस्थित भई सभालाई सफल बनाइदिनहुन हार्दिक अनुरोध गरेको छ।

सम्बन्धित समाचार