काठमाडौं – साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.९२ अंकले उक्लिएको छ । बजार बन्द हुँदा नेप्से २,६००.२२ को स्तरमा पुगेको छ।
आज कुल ३३४ कम्पनीका १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर कारोबार भएसँगै बजारमा रू. ६ अर्ब २८ करोडभन्दा बढीको कारोबार भएको छ। कारोबारमा संलग्न २५७ कम्पनीमध्ये २३७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १८ कम्पनीको मूल्यमा गिरावट आएको छ। २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
कारोबार राश्त्रको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड सर्वाधिक अगाडि रहेको छ। यसको रू. ६५ करोड ६० लाखबराबरको सेयर किनबेच भएको छ। दोस्रो स्थानमा पिपुल्स पावर लिमिटेड (रू. ३४ करोड ७८ लाख) र तेस्रो स्थानमा राधी पावर कम्पनी लिमिटेड (रू. २१ करोड ९२ लाख) रहेका छन्।
प्रतिफलका हिसाबले आज सागर डिस्टिलरी र माईबिलुङ इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले नाफा आर्जन गरेका छन्। त्यस्तै, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।
यता, पिपुल्स पावरका लगानीकर्ताले भने सर्वाधिक ७.९४ प्रतिशतको नोक्सानी बेहोर्नुपरेको छ।
(बजारमा समग्रमा सकारात्मक वातावरण रहेको र अधिकांश कम्पनीको मूल्य वृद्धिसँगै लगानीकर्ताको मनोबल उच्च रहेको देखिन्छ।)
