Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।  

बिक्री गर्ने संस्थापकको नाम तथा बिक्री मूल्यका बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ । बैंकले सेयरको संख्या भने खुलाएको छैन ।  

सम्बन्धित समाचार