Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

रिभर फल्स पावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

रिभर फल्स पावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

अर्थ प्लस
रिभर फल्स पावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज (मंसिर ८ गते) खोलिने भएको छ । बोलपत्र खोल्ने कार्य कमलादी, काठमाडौंस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा दिउँसो १ बजे हुनेछ ।

कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म बोलकबोल (लिलामी) मार्फत १० लाख ३८ हजार ९२४ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको थियो । उक्त सेयर यसअघि भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरिएको हकप्रद सेयरमध्ये बाँडफाँड नभएको हिस्सा हो ।

आज शिलबन्दी बोलपत्र खोलिएसँगै न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्ने आवेदकहरूलाई सेयर बाँडफाँड गरिनेछ ।

सम्बन्धित समाचार