Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

अर्थ प्लस
नेपाल एसबिआई बैंकको लाभांश घोषणा

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ।  

मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई कायम चुक्ता पुँजीको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।  

यसअन्तर्गतः  
- नगद लाभांश: ५ प्रतिशत (कर प्रयोजनसमेत समावेश)  
- बोनस सेयर: ४ प्रतिशत  

प्रस्तावित लाभांशलाई स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिनेछ र बैंकको आगामी ३२औँ वार्षिक साधारण सभाबाट अन्तिम अनुमोदनपछि सेयरधनीहरूमाझ वितरण गरिने बैंकले जनाएको छ।

सम्बन्धित समाचार