Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

अर्थ प्लस
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधारकहरूलाई गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ।

मंसिर ९ गते अपरान्ह ३ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी (१ अर्ब रुपैयाँ) को ६.४० प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत समावेश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

यो प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी ३१औँ वार्षिक साधारण सभामा पेश गरी पारित गरेर सेयरधारकहरूमाझ वितरण गरिनेछ।

सम्बन्धित समाचार