काठमाडौं । सोलु हाईड्रोपावर लिमिटेडले जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आवेदन दिन आज (मंसिर १० गते, २०८२) अन्तिम दिन रहेको छ ।
कम्पनीले गत कात्तिक २४ गते नेपाल धितोपत्र बोर्डबाट कुल २ करोड कित्ता (अंकित मूल्य रू. १०० प्रति कित्ता) साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । यसैअनुरूप कम्पनीले मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल ४१ लाख कित्ता सेयर निष्कासन गरेको छ ।
मुख्य बाँडफाँड विवरण :
- वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि : १० लाख कित्ता (१० प्रतिशत)
→ आवेदन मिति : मंसिर ७ देखि मंसिर १० गते (आज अन्तिम दिन)
- आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि : ३१ लाख कित्ता
→ अति प्रभावित क्षेत्र (सोलुदूधकुण्ड नगरपालिका वडा नं. ७ र ११ तथा थुलुङ दुधकोशी गाउँपालिका वडा नं. १) : ४० लाख कित्ता मध्ये ४० प्रतिशत अर्थात् १६ लाख कित्ता
→ अन्य प्रभावित वडाहरू : ६० प्रतिशत अर्थात् २४ लाख कित्ता
→ आवेदन मिति : छिटोमा मंसिर २१ गते र ढिलोमा पुस ७ गतेसम्म
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन सीडीएससीको मेरो सेयर अनलाइन प्रणाली वा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरूमार्फत दिन सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन् ।
वैदेशिक रोजगारी कोटामा छुटाइएको सेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताहरूले आज कार्यालय समयभित्रै आवेदन पूरा गर्नुपर्नेछ ।
