Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने

बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने

अर्थ प्लस
बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ को नाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेका छन्।

दुवै कम्पनीको सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले यो निर्णय गरेको हो। कम्पनीहरूले यो कदम कम्पनीको दीर्घकालीन विकास र सेयरधनीहरूको दूरगामी हितका लागि उठाइएको जनाएका छन्।

यसैबीच, बोटलर्स नेपाल लिमिटेडको ४७औँ वार्षिक साधारण सभा आगामी पुस २३ गते हुने मिति तय भएको छ। सो सभाका लागि लाभांशसम्बन्धी प्रयोजनार्थ कम्पनीको सेयर दर्ता किताब (बुक क्लोज) पुस ११ गते एक दिन बन्द रहनेछ।

सम्बन्धित समाचार