Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

भारतको सेयरबजार १४ महिनाकै उच्च विन्दुमा पुग्यो

भारतको सेयरबजार १४ महिनाकै उच्च विन्दुमा पुग्यो

अर्थ प्लस
भारतको सेयरबजार १४ महिनाकै उच्च विन्दुमा पुग्यो

काठमाडौं । भारतीय सेयरबजारले बलियो लय समातेको छ। बिहीबार निफ्टी ५० इन्डेक्स १४ महिनाकै उच्च विन्दुमा पुग्दै २६,२८५.९५ अंकमा बन्द भएको छ, जसले नयाँ रेकर्ड कायम गरेको छ। 

यस्तै, बीएसई सेन्सेक्स पनि बजार खुल्नासाथ तीव्र गतिमा उक्लियो र ८५,८४३ अंकको स्तर छोएको थियो। यसअघि सेन्सेक्सले गत सेप्टेम्बर २७, २०२४ मा ८५,९७८ अंक र निफ्टीले २६,२७७ अंकको सर्वकालीन शिखर बनाएका थिए।

हालको कारोबारमा सेन्सेक्स १६३ अंकले बढेर ८५,७७२ अंकमा तथा निफ्टी २१ अंकले उक्लेर २६,२२६ अंकमा कारोबार भइरहेको छ। 

आजको वृद्धिमा अटो, वित्तीय सेवा र बैंकिङ क्षेत्रका सेयरहरूले मुख्य योगदान दिएका छन्।

यो निरन्तरको उछालले भारतीय बजारमा लगानीकर्ताको विश्वास फर्किएको र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह भएको देखिन्छ।

सम्बन्धित समाचार