काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ५ वटा कम्पनीको सेयर मूल्य समायोजन गरिएको छ । समायोजन हुने कम्पनीहरूमा कृषि विकास बैंक, सर्वोत्तम सिमेन्ट लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर लिमिटेड र बरूण हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी सबै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने प्रस्तावित बोनस सेयरका कारण सेयर मूल्य समायोजन भएको हो ।
समायोजनपछि यी कम्पनीहरूको नयाँ सेयर मूल्य यस प्रकार रहेको छ:
1. कृषि विकास बैंक लिमिटेड (ADBL)
- समायोजनपछि मूल्य : रु. ३१८.५५
- समायोजनअघिको मूल्य : रु. ३२८.९०
- प्रस्तावित लाभांश : ३.२५% बोनस सेयर + ९.२५% नगद (कुल १२.५०%)
2. सर्वोत्तम सिमेन्ट लिमिटेड
- समायोजनपछि मूल्य : रु. ८७०.३८
- समायोजनअघिको मूल्य : रु. ९१३.९०
- प्रस्तावित लाभांश : ५% बोनस सेयर
3. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड
- समायोजनपछि मूल्य : रु. ४११.६५
- समायोजनअघिको मूल्य : रु. ४२४.००
- प्रस्तावित लाभांश : ३% बोनस सेयर + १०% नगद (कुल १३%)
4. ङादी ग्रुप पावर लिमिटेड
- समायोजनपछि मूल्य : रु. ३७९.५७
- समायोजनअघिको मूल्य : रु. ३९७.६०
- प्रस्तावित लाभांश : ४.७५% बोनस सेयर + ०.२५% नगद (कर प्रयोजनका लागि), कुल ५%
5. बरूण हाइड्रोपावर कम्पनी लिमिटेड
- समायोजनपछि मूल्य : रु. ३३७.८५
- समायोजनअघिको मूल्य : रु. ३५३.९०
- प्रस्तावित लाभांश : ४.७५% बोनस सेयर + ०.२५% नगद (कर प्रयोजनका लागि), कुल ५%
यी सबै कम्पनीहरूको सेयर आइतबारदेखि नयाँ समायोजित मूल्यमा दोस्रो बजारमा कारोबार हुनेछ । लगानीकर्ताहरूले नयाँ मूल्यलाई आधार मानेर कारोबार गर्नुपर्नेछ ।
