Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

घोराही सिमेन्टको लाभांश घोषणा तथा साधारण सभाको आह्वान

घोराही सिमेन्टको लाभांश घोषणा तथा साधारण सभाको आह्वान

अर्थ प्लस
घोराही सिमेन्टको लाभांश घोषणा तथा साधारण सभाको आह्वान

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी यो प्रस्ताव पारित गरेको हो। उक्त लाभांश अनुमोदन तथा अन्य महत्त्वपूर्ण एजेन्डाहरू पारित गर्न कम्पनीले पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा आगामी पुस १४ गते बिहान ९ बजे दाङको घोराहीस्थित होटल पौवामा हुनेछ। 

सभामा आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणसहितका वित्तीय विवरणहरू पारित गर्ने, यसअघि पारित ७५ प्रतिशत हकप्रद सेयरलाई बोनस सेयर समायोजन गरी पुनरावलोकन गर्ने र सोही अनुसार प्रबन्धपत्रको जारी तथा चुक्ता पुँजीसम्बन्धी दफा संसोधन गर्ने, संस्थापक सेयरधनीहरूबाट सापटी लिने अख्तियारी दिने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट सञ्चालक निर्वाचन गर्ने मुख्य एजेन्डा रहेका छन्। 

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्। लगानीकर्ताहरूलाई थप तथा अद्यावधिक जानकारीका लागि कम्पनीको आधिकारिक सूचना वा नेपाल स्टक एक्सचेन्जको वेबसाइट हेर्न अनुरोध गरिएको छ।

सम्बन्धित समाचार