काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ। अघिल्लो साताभर बढेको सेयर बजार यो साताको पहिलो दिनमै भारी गिरावट आएको हो।
आइतबार सेयर बजार २६ अंकभन्दा बढीले गिरावट आएको हो। योसँगै आज सेयर बजार परिसूचक २६४९ विन्दुमा पुगेर बन्द भएको छ।
कारोबारका आधारमा आज सात अर्ब ८ करोड मूल्य बराबरको सेयर किनबेच भएको छ। जसमा सबैभन्दा बढी हिमालयन रि–इन्सुरेन्स लिमिटेड रहेको छ। यो कम्पनीको सेयर २३ करोडभन्दा बढीको कारोबार भएको हो।
यता, आज पाँच कम्पनीको मूल्यमा सर्किट लागेको छ। आज सागर डिस्टिलरी लिमिटेड, निफ्रा ग्रीन भेञ्चर डेभेञ्चर, स्वतिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी लिमिटेड र श्रीनगर आक्रिच कम्पनीको मूल्यमा सर्किट लागेको हो।
यसको विपरीत सबैभन्दा बढी गिरावट हुने कम्पनीमा १० प्रतिशत निभ्स डेभेञ्चरको सेयरमा ९ प्रतिशतले गिरावट आएको छ। यस्तै, जोशी हाइड्रो पावरको ७ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।
आज कूल ४५ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। यस्तै, १ कम्पनीको मूल्य स्थिर बसेको छ।
